काठमाडौ, १७ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५२९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६०८८ जनामा गरिएको नमूना परीक्षण गर्दा सो पुष्टिभएको हो ।
मन्त्रालयका अनुसार सोही समयावधिमा कोरोनाबाट ८१९१ जना विसेक भएका छन् भने ८ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार अहिले ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् ।
