काठमाडौं, १३ माघ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १५ जनाको ज्यान गएको छ ।
उक्त संख्यासँगै अहिलेसम्म कोरोनाबाट ११,६८७ जनाको ज्यान गएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ८०१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा १५,७३६ जनामा पीसीआर र ६०७२ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

यसैगरी पछिल्लो चौविस घण्टामा ५२९२ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, अहिलेसम्म ९०,५७६ जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर