काठमाडौं, ७ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १०७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनामा पीसीआर र ४४७४ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ७६६ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ भने सोही अवधिमा ३ जनाको ज्यान गएको थियो ।
अहिलेसम्म ६५ हजार ३७४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
