काठमाडौ, ५ माघ । त्रिवि शिक्षण अस्पताल महारागञ्जमा जटिल खालको शल्यक्रिया (ह्याण्ड रिप्लान्ट) पद्धतीबाट सफलतापुर्वक सम्पन्न भएको छ।
बाँसबारीका २४ वर्षीय सुजन तामाङको चुँडिएको हातलाई १४ घण्टा लामो शल्यक्रियापछि ह्याण्ड रिप्लान्ट मार्फत जोडिएको हो ।
तामाङको फर्निचर उधोगमा काठ चिर्ने क्रममा मेसीनमा परेर
बाँया हात नाडी नजिक चुँडिएको थियो।
त्रिवि शिक्षण अस्पताल प्लाष्टिक सर्जरी रेजिडेन्ट चिकित्सक डा सुशान्त राईले सो बारे जानकारी दिनुभएको होे ।
शल्यक्रियामा गर्दा ५ देखि ६ वटा रगत बग्ने नसा, २ देखि ३ वटा थाहा हुने नसा, २५ देखि ३० वटा हात चलाउने नसा जोडिएको थियो ।
दुर्घटना हुनासाथ अस्पताल लगेको खण्डमा यसरी अंग चुँडिएको अवस्थामा रिप्लान्ट पद्धती अपनाएर साधारण अवस्थामा फर्कन सक्ने र रिप्लान्टका माध्यमबाट धेरै मानिस लाभान्वित हुन सक्ने डा राई वताउनुभयो ।
