काठमाडौ, २६ पुस । अहिले कोरोनाको बढ्ने क्रम जारी रहेको छ । पछिल्लो चौविस घण्टामा गरिएको पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट १३५७ तथा एन्टिजेन परिक्षणबाट ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौविस घण्टामा थप २५५ जना कोरानाबाट विसेक भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ७८५५ जना पुगेको छ ।

सोही समयावधिमा २ जना संक्रमितको ज्यान गएको छ । यससहित ज्यान जानेको संख्या ११६०६ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर