एडेन , २५ पुस । यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।

यी विष्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम न भन्ने सर्तमा जानकारी दिएका छन् ।

सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर