काठमाडौं, १७ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३८६ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५००७ जनामा पीसीआर र १५९५२ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । मन्त्रालयले सो समयावधिमा कोरोनाबाट विसेक संख्या २५२ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, अहिलेसम्म ४९६९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
