काठमाडौ, ९ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै ज्यान जानेको संख्या ११५८२ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ३४९ जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ५०४८ जना रहेका छन् ।
