काठमाडौं , २० मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षणबाट थप २६५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै संक्रमितको कुल संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ।

सोही समयावधिमा ३५७ जना संक्रमित विसेक भएका छन्। यससँगै विसेक हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ।

पछिल्लो चौविस घण्टामा २ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ। यससँगै ज्यान जानेको संख्या ११५४३ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर