काठमाडौं, १८ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २३८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले संक्रमितको कुल संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ।

अहिले ६७४४ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो चौविस घण्टामा कोरोनाबाट ३९२ जना विसेक भएका छन्। यससँगै विसेक हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ।

सोही समयावधिमा ५ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ। यससंगै ज्यान जानेको संख्या ११५४० पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर