जेनेभा, १८ मंसीर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्टबाट आत्तिहाल्नु पर्ने अवस्था नभएको तर त्यसबाट बच्न पूर्वतयारी भने आवश्यक रहेको जनाएको छ ।
डब्लूएचओका वैज्ञानीक सौम्या स्वामीनाथनले नयाँ भेरियन्ट ओमिक्रोनबारे अनुसन्धान जारी रहेकाले अहिले आत्तिहाल्नु पर्ने अवस्था आइनसकेको बताउनुभएको छ ।
नयाँ भेरियन्ट माथि खोपको प्रभावकारीताका बारेमा समेत अनुसन्धान भइरहेको उहाँले बताउनुभययो ।
दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन लगभग ४० देशहरूमा फैलिसकेको छ । बीबीसी
