काठमाडै, १७ मंसीर । पछिल्लो चौविस घन्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षणको क्रममा ६ हजार ४ सयको पीसीआर र १ हजार ४३६ को एन्टीजेन परीक्षण गरिएको थियो।

सोही समयावधिमा एकजना पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले ६ हजार ९ सय २१ जना सक्रिय संक्रमित छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर