काठमाडौ, १६ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
पछिल्लो चौविस घण्टामा संक्रमणबाट ६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससहित ज्यान गुमाउनेको संख्या ११५३५ पुगेको मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा २०१ जना संक्रमणबाट विसेक भएका छन् । अहिले कोरोनाका सक्रिय संक्रमित ७०४५ जना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ९४९ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५४६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
