काठमाडौ, १२ मंसिर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार उक्त समयावधिमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ भने ३४२ जना विसेक भएका छन् ।
यससँगै ज्यान जानेको संख्या ११५२३ पुगेको भने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ६९६६ जना रहेका छन् ।
