काठमाण्डौं, १० मंसिर । पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०२ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार सार्वजनिक गरेको आँकडा अनुसार, त्यो अवधिमा पीसीआर प्रविधिबाट ७ हजार ८ सय २९ जना र एन्टिजेनबाट २ हजार ६ सय १७ जनाको परीक्षण गरिएको थियो ।
आजका दिनसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १८ पुगेको छ भने ८ लाख १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ रहेको छ । ती मध्ये ९८ जना क्वारेन्टाइनमा रहेको सरकारी तथ्यांक छ ।
