काठमाण्डौं, ८ मंसिर । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् । यो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, त्यो अवधिमा ७ हजार ५ सय ९० जनाको पीसीआर र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
बुधबार थपिएसँगै अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेको छ ।
