काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
उहाँका स्वकीय सचिव गोविन्द दुवालले सो वारे जानकारी दिनुभएको हो ।
यस घोषणासँगै अब ओली र रावलबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने निश्चित भएको
छ ।एमालेको दसौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
