दुबई, २९ कार्तिक । रूसले कोभिड१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य(प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार बताउँनुभएको छ ।
ूमहामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ।
नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएकोछ,ू शुगाएभले भन्नुभयो । एएनआइ
