काठमाडौं, २५ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट
६ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ११ हजार ४६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजन परिक्षण पछि थप ३१७ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत चौविस घण्टामा २७९ जना संक्रमित विसेक भएका छन्। यो सँगै विसेक हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ।
