काठमाडौ, १७ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको ज्यान गएको छ ।
योसँगै ज्यान जानेको संख्या ११ हजार ४३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एज्टिजेन परिक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चौविस घण्टामा कोरोनाबाट ४३९ जना विसेक भएका छन् ।
