पाकिस्तान, २१ असोज । पाकिस्तानको बलोचिस्तानमा बुधबार राति गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु र ३०० जनाभन्दा बढी घाइते भएको छ ।

पाकिस्तानको नेसनल सिस्मिक मोनिटरिङ सेन्टरका अनुसार राति १० बजेर १ मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको झट्का क्वेटा, सिब्बी, पिसिन, मुस्लिम बाग, चमनलगायतका अन्य सहरमा पनि महसुस गरिएको छ ।

भूकम्पका कारण १०० भन्दा बढी माटाका घरहरू भत्किएको र पक्की भवनहरूमा क्षति पुगेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर