काठमाण्डौं, २४ भदौ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणको लागि आज बिहीबार बिहान काठमाडौं आइपग्नु भएको छ ।

यता अमेरिकाले नेपाललाई दिने एमसीसी अनुदान सहयोगको विरोध र समर्थनमा यहाँको राजनीतिक वृत्त विभक्त छ ।

तर नेपाली जनसमुदायमा भने विरोधका स्वरहरू  पूरै गुन्जिएका छन् । काठमाण्डौमा यता केही दिनदेखि दिनहुँजसो “नो एमसीसी” को नारा लगाउँदै जन प्रदर्शन भरहेको छ । सरकारले कैयौं विरोधीहरूलाई गिरफ्तारसमेत गरिसकेको छ ।

आजै एमसीसीका अमेरिकी प्रतिनिधि द्वय आउँदा पनि त्रिभुवन विमानस्थलमा विरोध प्रदर्शन भएको थियो । त्यहाँबाट प्रहरीले अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरेको छ । उपाध्यक्ष फातिमा सुमारको टोली विमानस्थलमा उत्रिएलगत्तै प्रद्रशनकारीहरूले एमसीसीको विरोधमा नारावाजी गरेका थिए ।

फतिमा सुमारको टोलीलाई कडा सुरक्षाका साथ विमानस्थलबाट नक्सालस्थित मेरियट होटलमा लगिएको छ ।

नेपालमा रहाँदा यो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवासँग शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ।

भेटघाट आजैबाट सुरु हुँदैछ । भोलि नै अन्य कतिपय नेतालाई टोलीले भेट गर्ने कार्यक्रम छ ।

सुमारको टोलीले पूर्व प्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भने सबैभन्दा पहिले आजै भेट्ने कर्यक्रम छ ।

जनस्तरमा विरोध बढेपछि यो सहयोग संझौताबारे सरकारले थप स्पट हुनको लागि पठाएका प्रश्नको जबाफ हिजो बुधबार एससीसीले पठाइसकेको छ  । अमेरिकी दूतावास मार्फत् पठाएको सो जवाफ अर्थमन्त्रलयमा पुगिसकेको छ ।

जबाफपत्रमा एसीसी सहयोग संझौता अमेरिकी सैन्य रणनीति अन्तर्गत नभएको र यो अहिलेकै अवस्थामा संशोधनसमेत हुन नसक्ने स्पष्ट पारिएको छ ।

यता सत्तागठबन्धन कै नेता प्रचण्ड, झलनाथ खनाल र माधवकुरमार नेपाल विना संशोधन यो संझौता संसदबाट पास गर्न नहुने/नसकिने बताउँदै आउनुभएको छ ।

नेपालको विजुली निर्यात/वितरण र सडक सुधारसित सम्बन्धित एमसीसी सहयोग संझौता संसदबाट पास भएर कार्यान्वयन हुने हो भने यो योजना अन्तर्गत नेपाललाई अमेरिकाले ५० अर्ब रुपैया अनुदानमा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर