काठमाडौं, १५ भदौ ।नेकपा एमालेका वाग्मती प्रदेशसभाका १२ जना सांसद नेकपा एकीकृत समाजवादी पार्टीमा आवध्द भएका छन् ।
हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा आज उनीहरुले आफू आवद्ध भएको जनाएका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको थियो ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए ।
एकीकृत समाजवादी पार्टी रोज्ने १२ सांसदहरु
राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल
