काठमाण्डौं १२ भदौ । फुटबल स्टार क्रिष्ट्रियानो रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्केका छन् ।
यो जानकारी हिजो शुक्रबार साँझ इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले दिएको छ।
३६ बर्षीय रोनाल्डो इटलीको युभेन्टस छोडेर म्यानयुमा फर्किएका हुन् ।
रोनाल्डो आफ्नो क्लबमा फर्किएको औपचारिक जानकारी दिंदै म्यानयुले विज्ञप्तिमा उल्लेख गरेको छ : ‘क्रिष्ट्रियानो रोनाल्डोको स्थानान्तरणवारे युभेन्टस्सँग हाम्रो सहमति भएको छ । म्यानचेस्टर युनाइटेड यो सहमतिबाट निकै हर्षित छ ।’
उनी किशोरावस्थादेखि नै म्यानयुमा आबद्ध थिए । उनी त्यही क्लबबाट फुटबलमा विश्व प्रख्यात भए । रोनाल्डोले सन् २००३ देखि २००९ सम्म म्यान्चेस्टर युनाइटेडमा आवद्ध थिए ।पोर्चुगिज खेलाडी रोनाल्डोले युनाइटेडमा रहँदा २९२ खेलमा ११८ गोल गरेका थिए ।
सन् २००९ मा नै उनी स्पेनिस क्लब रियल म्याड्रिडमा गए । त्यहाँ उनी २०१८ सम्म रहे ।
त्यसपछि युभेन्टसमा पुगेका रोनाल्डो अब १२ बर्षपछि पुन: म्यन्चेस्टर युनाइटेडबाट खेल्नेछन् ।
