काठमाडौ, ११ भदौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुनेहुनुभएको छ ।
प्रधानन्यायाधीश आफू बस्दा मुद्दामा स्वार्थ बाझिने भएकोले उहाँ सुनुवाइमा नबस्ने हुनुभएको हो ।
सो सम्वन्धि जानकारी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिनुभएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक अंगमा नियुक्ति गर्नुभएको थियो ।
उक्त अध्यादेश र नियुक्तिविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले परिषद्का अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।
