काठमाडौ, २२ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसीले फेरि अनशन वस्नुहुने भएको छ ।
उहाँले आज एक विज्ञप्ति जारी गर्दै सो घेषणा गर्नुभएको हो ।
भदौ ३ गतेदेखि अनशन सुरु गर्ने घोषणा गर्दै उहाँले नयाँ स्वास्थ्यमन्त्री नियुक्ति गर्नुपर्ने र विगतमा भएका सम्झौता कार्यान्वयनलगायतको पनि माग राख्नुभएका े छ ।
उहाँले आमसर्वसाधारणले स्वास्थ्य उपचारमा कष्ट भोगिरहेकाले स्वास्थ्य क्षेत्र सहज र सुलभ बनाउन आफू अनशनमा बस्ने विज्ञप्तिमा बताउनुभएको छ ।
डा.केसीले केसीले स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेढ महिनाअघि भएको आन्दोलनका मागहरू पूरा नगरेकाले ती सम्झौता कार्यान्वयन गराउन समेत माग गर्नुभएको छ ।
चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने उहाँको माग रहेको छ।
