काठमाडौं, १७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयले आज जारी सूचना अनुसार सो निर्देशन दिइएको हो ।
वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाणपत्र जारी गर्दै आएको छ।
मन्त्रालयको निर्णय अनुसार खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएतापनि केही अस्पतालहरुले सो वापत शुल्क लिइरहेको पाइएको सूचनामा उल्लेख छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, निजामति कर्मचारी अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरणको काम हुने गरेको छ।
