काठमाडौं, १७ साउन । कर्णाली नदीमा आज दिउसो डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन् ।
कैलाली मोहन्याल गाउँपालिका ३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका ४ स्वास्थ्य चौकीमा वच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।
डुंगामा १० जना सवार रहेकोमा सातजनाको सकुशल उध्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
