काठमाण्डौं, १२ साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ । आज मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेल युवा अर्थविद्का रुपमा चिनिनुहुन्छ ।
यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।
त्यस्तै, सरकारले योजना आयोगका अन्य सदस्यमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
