रौतहट, २१ साउन । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक आज बिहान पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ।

बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर मृग बचाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटना चन्द्रपुर नगरपालिकादेखि करिब १३ किलोमिटर पश्चिमतर्फको जङ्गल क्षेत्रमा भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर