काठमाडौ, ३० असार । जनता समाजवादी पार्टीको आधिकारिकताको विषय निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकोले सोको फैसला पछि मात्र उपेन्द्र यादवपक्ष सरकारमा जाने भएको छ।
आयोगले यस विषयलाई टुंगो लगाउन गठित इजलासले साउन ३ गते छलफल गर्ने भएको छ।
जसपाको आधिकारिकताको दाबी गर्दै उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ।
सरकारमा जाने विषयमा यादव पक्षले मंगलबार पार्टी कार्यालय बालकुमारीमा बोलाएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगको फैसला पछि मात्र सरकारमा जाने र अहिले सरकारमा नगए पनि सरकारलाई सहयोग र समर्थन गर्ने निर्णय गरेको एक सदस्यले महेन्द्र यादवले बताउनुभएको छ ।
