काठमाडौँ, १६ असार । नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ ।
कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आवतजावत गर्न सहज भएको छ ।
मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभएको छ ।
सो अवसरमा उहाँले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको बताइएको छ ।
पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर