काठमाडौं, २८ असोज । सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेर दुई हजार ६२१ अंकमा पुगेको छ। योसँगै बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको छ।
बुधबार बैंकिङ समूहको सूचक १.४५ प्रतिशत बढ्यो। कुल बजार पुँजीकरणमा २५.४४ प्रतिशत हिस्सा रहेको बैंकिङ समूहको वृद्धिले समग्र बजारलाई सकारात्मक दिशा दिएको हो।
बजारमा सबै समूहगत सूचक बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन चार अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकामा बुधबार चार अर्ब १३ करोड रुपैयाँमा सीमित भयो। कारोबारमा १८८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको घट्यो भने नौ कम्पनीको मूल्य स्थिर रह्यो।
बुधबार उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.९५ प्रतिशत बढ्दा सगरमाथा जलविद्युत् कम्पनीको मूल्य ६.३२ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल अगाडि रहे।
