काठमाडौं,१५ असार । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट अहिले संसदको अधिकारको अपहरण र अदालतका निर्णय उल्लंघन भइरहेको आरोप लगाउनभएको छ ।

सभामुख सापकोटा उक्त कुरा आज संसद भवनमा सम्पादकहरूसँगको छलफलका क्रममा सो आरोप लगाउनु भएको हो ।

उहाँले संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने भन्दै संसदलाई जीवन्त राख्न आफू प्रयत्नशिल रहेको वताउनुभयो ।

उहाँले ‘राज्यका तीन अंगका बारेमा जनताले जानकारी पाउनुपर्ने वताउनुभयो ।

उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुनसक्छ भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर