काठमाडौं,२० असोज । अज नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । सूचक ११.९६ अंकले बढेर नेप्से २५७८.७३ अंकमा उक्लिएको हो ।

सूचक बढे पनि यस दिन कारोबारमा भने सुधार देखिएको छैन । लगानीकर्ताले कुल तीन अर्ब १३ करोडको मात्रै सेयर कारोबार गरेका हुन् । जसमा १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको मूल्य घटेको हो । १५ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबैभन्दा बढी कमाउनेमा त्रिशूली जलविद्युत कम्पनी ५.११ प्रतिशतको वृद्धिसहित पहिलो नम्बरमा छ । यस्तै घट्नेमा भने आज ४.९४ प्रतिशतको मूल्यमा गिरावटसँगै सर्वोत्तम सिमेन्ट इन्डष्ट्रि अगाडि छ ।

यो दिन घलेम्दी हाइड्रोको सेयर सर्वाधिक कारोबार भएको छ । लगानीकर्ताले आज यो कम्पनीको २३ करोडको कारोबार गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर