विराटनगर, ४ असोज । राजनीतिक विश्लेषक एवं त्रिमूल पार्टीका अध्यक्ष भरत दाहाललाई आज विहान इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका– ८ घर भई हाल काठमाडौं बस्दै आएका दाहाल मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ स्थित सलकपुरबाट पक्राउ गरेको हो ।
बिहान पसलमा चिया खाँदै गरेको अवस्थामा उहाँलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएपछि उनले आफू सलकपुरमा रहेका बिरामी साथीलाई भेट्न आएको प्रतिक्रिया दिनुभएको थियो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरो काठमाडौंमा परेको जाहेरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो। उहाँलाई मोबाइल लोकेसन ट्रयाक गरेर आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
उहाँलाई आजै काठमाडौं पठाएको मोरङ प्रहरीले जनाएको छ।
