धनकुटा, ४ असोज । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरे स्थित कामिटारमा आज विहान सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
छथरको पिङ्गडाँडा ताङ्खुवाबाट धरान जाँदैगरेको को १ ज २४९४ सुमो ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि छथर जोरपाटी गाउँपालिका–३, वस्ने बर्ष बन्दाजी ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा चालक धनकुटा नगरपालिका–९, स्थित गुठीटार बस्ने ३१ वर्षिया खगेन्द्र खत्री, छथ रजोरपाटी गाउँपालिका–३ बस्ने ४० वर्षिया धनमाया राई, सोहि ठाउँ बस्ने ७ बर्षिया बालक न्युहाङ सुब्बा, ३३ वर्षिय पुनम लिम्बु, २ वर्षिया आरध्या लिम्बु, २६ वर्षिया आईन्द्र लिम्बु, २७ वर्षिया भवानी लिम्बु, ४७ वर्षिया हेमबहादुर लिम्बु, ३० वर्षिया अबिन लिम्बु र २१ वर्षिया आषिश लिम्बु रहेका छन् ।
घाइते हुनेहरुलाई उपचारका लागि धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाइएको र मृत्यु भएकी महिलाको जिल्ला अस्पताल, धनकुटामा राखिएको र आवश्यक कानुनी प्रक्रिया अघि पोष्टमार्टम गर्ने तयारी रहेको प्रहरीलै जनाएको छ ।
