काठमाडौँ,२५ भदौ । ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । आज उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो।

देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ’ भन्दै मन्त्री यादवले आफूले उद्योगीलाई कारबाही गर्न खोज्दा आफ्नै मन्त्रालयका कर्मचारीले नटेरेको र असहयोग गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी मन्त्री यादवले राजीनामा बुझाउनुभएको छ । कर्मचारीले समेत आफूलाई सहयोग नगरेको तथा करोडौँ पैसा दिएर लाइसेन्स दिएको समाचार सार्वजनिक भएको थियो ।

उद्योग व्यवसायी र कर्मचारीलेसमेत उद्योगमन्त्री यादवको अभिव्यक्तिको आपत्ति जनाएका थिए ।

,

प्रतिक्रिया

सम्बन्धित खवर