काठमाडौं, १२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा एमालेका केपी ओलीले कहिले महान्यायाधिवक्ता मार्फत् कहिले आफै मार्फत सर्वोच्च अदालतलाई धम्क्याउन थालेको आरोप लगानुभएको छ ।
उहाँले उक्त कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

उहाँँले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको आरोप लगाउनुभयो ।
शेरवहादुरजीलाई म र माधवजी प्रधानमन्त्रीका लागि आग्रह गरेको भन्दै १४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ भन्नुभयो ।

उनले संविधानको धारा ७६को उपधारा ५ मा सांसदलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान राखिएको भन्दै सर्वोच्चले संविधान, ऐन कानून र लोकतन्त्रका मूल्य मान्यताअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ? भन्दै मैले उनलाई राजाभन्दा बढी हुन खोज्नु भएन भन्न खोजेको राजा ल्याउनुपर्‍यो भनेर भन्न खोजेको होइन स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर