काठमाण्डौ,३० साउन । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रीय भेला राष्ट्रीय सम्मेलनमा रुपान्तरण गरिएको छ । शुक्रबार भेलाका रुपमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलन’को रुप दिइएको हो । साउन २९ ,३०र ३१ गते चल्ने सम्मेलनको दोस्रो दिन आज विभिन्न प्रस्ताब प्रस्तुत गरिएको छ ।
रमेश लेखकले ‘नेपाली कांग्रेसको विधान संशोधन अवधारणा पत्र, विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन तथा प्रस्ताव, प्रकाशरण महतले आर्थिक प्रस्ताव , एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव,उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेस गरेका थिए ।
सम्मेलनमा बोल्ने अधिकांश नेताहरुले पार्टी एकतामा जोड दिएका छन् ।
देशभरबाट आएका करिब ३५ सय प्रतिनिधिहरुले प्रश्तुत प्रतिवेदनमाथि सात प्रदेशका सात समिती बनाएर प्रस्ताब उपर छल्फल चलिरहेको छ ।भोलि सातै प्रस्ताबलाई पारित गर्नेछ ।
