धनगढी,साउन २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ।बिहीबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा  गर्नुभएको हो।

आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा विवाद चर्किएपछि सत्ता साझेदार दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो।

एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिनमा मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिनुभएको हो।

शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। अब प्रदेश प्रमुख नजिर मियाँले संविधानअनुसार नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर