काठमाडौँ, साउन २५ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७४ पैसा र बिक्रीदर १७६ रुपियाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ १३ पैसा र बिक्रीदर २०५ रुपियाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ १६ पैसा र बिक्रीदर १८८ रुपियाँ ९० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ४६ पैसा र बिक्रीदर १०७ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ०६ पैसा र बिक्रीदर १०९ रुपियाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९३ पैसा र बिक्रीदर ११९ रुपियाँ ४० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५३ पैसा र बिक्रीदर २२ रुपियाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४९ पैसा र बिक्रीदर ४० रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४१ रुपियाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३९ पैसा र बिक्रीदर ४१ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ८० पैसा र बिक्रीदर १० रुपियाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०५ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५१ पैसा र बिक्रीदर २३ रुपियाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ०८ पैसा र बिक्रीदर ४९७ रुपियाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ २४ पैसा बिक्रीदर ४०४ रुपियाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९६ रुपियाँ ४५ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर