काठमाडौं, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को आज पार्टीको कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने जनाएको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलले सो जानकारी दिनुभएको हो ।
उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताउनुभयो ।
