काठमाडौ, ११ साउन । आज नेप्से परिसूचकमा ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.९८ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि गत शुक्रबारको तुलनामा १८ करोड रुपैयाँले कमी आएको छ। सोमबार ३६० स्टकको ६९ हजार ८०३ पटकको कारोबारमा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलर लिमिटेडको ९७ रुपैयाँ ६० पैसा बढेर ७४८ रुपेयाँ ७० पैसामा अन्तिम कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सोमबार सर्वाधिक १३।३८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको ३३ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको २८ करोड र रिडी पावर कम्पनीको २२ करोड रुपैयाँको कारोबार भयो।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर