काठमाडौँ, १८ जेठः राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।

बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गर्नुभयो ।

सांसद कर्णले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु– २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउनुहोला ।’

सांसद कर्णपछि बोल्नुभएका सांसदहरु राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गर्नुभएको थियो । आकस्मिक समयपछि सांसदहरुले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर