काठमाडौँ, ५ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३४ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ८६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा ३६६० जना संक्रमित विसेक भएका छन् छन् । यससहित विसेक हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टिजेन परीक्षण गर्दा थप २४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
