काठमाडौँ, ९ वैशाखः गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्नुहुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ ।
उहाँले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनुभएको जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताउनुभयो ।
