काठमाडौँ, २ असार । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरसबाट थप ५२ जनाको ज्यान गएको छ ।
यस सहित कोरोनाबाट ज्यान जानेको संख्या ८५५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्र्दा २८२८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ३०८२ जना कोरोनाबाट विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।
