टक्सार (भोजपुर), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी हुनुभएको छ । राईले कूल १६ हजार ६६३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेकपा ९एमाले०का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले छ हजार ६०२ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ७२८ मत प्राप्त गर्नुभएको छ ।

भोजपुरमा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । जिल्लामा १६१ वटा मतदान केन्द्र कायम थियो । भोजपुरमा कुल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ जना रहेकामा ४६ दशमलव १७ प्रतिशत मतदान भएको थियो । जसमा ५८ हजार १६७ मतगणना भएको हो ।
सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

यसैगरी सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँले ३५ हजार ७४१ मत प्राप्त गर्नुभयो ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गर्नु भएको छ ।

यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर