काटमाडौ, ११ सोमवार । आज नेप्से २.४१ अंकले बढेर दुई हजार ६१६.९७ विन्दुमा कायम भएको हो।

तथापी कारोबार रकममा भने गिरावट कायम रहेको छ। आज ३२९ कम्पनीका एक करोड २६ लाख २१ हजार कित्ता सेयर पाँच अर्ब १३ करोड ८६ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबार ६ अर्ब ६६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ मध्ये सात समूहको सूचक ओरालो लागेको छ। होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचल फन्ड, निर्जीवन बिमा र व्यापार समूहको सूचक ओरालो लागेका हुन्। आज सबै समूहको सूचकमा एक प्रतिशतभन्दा कमको परिवर्तन आएको छ।

सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ता छन्। यी कम्पनी नौ प्रतिशतभन्दा धेरैले बढेका हुन्। सर्वाधिक गुमाएको मोलुङ हाइड्रोपावरको सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर